लागूऔषधसहित चार जना नियन्त्रणमा

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषधसहित ४ जना नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका- ११ स्थित शहीद स्मारक क्षेत्रबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बिहीबार साँझ ५ बजेको समयमा शहीद स्मारकस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका ४ जनाको सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध ट्रामाडोल ५० ट्याबलेट, एनरागन ६५ ट्याबलेट, नुरफिन १४ एम्पुल, ड्राईजेपाम ७ एम्पुल र फेनारागन २ एम्पुलसहित नियन्त्रणमा लिइको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उक्त परिमाणको लागूऔषधसहित चितवनका ३ जना र मकवानपुरका १ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले लागूऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २४ का आशिष भुजेल, वर्ष २० का विवेक लामा र वर्ष २३ का सुदीप महर्जन र मकवानपुर जिल्लाको हेटौंडा–११ बस्ने वर्ष २३ का निशान वाईबा तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालय परिसरमा ल्याएको र आवश्यक कारबाहीको प्रक्रियामा रहेको जानकारी दिएको छ ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया