चैतमा झण्डै ८७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ : नेपाली श्रम गन्तव्य पश्चिम एसियाका मुलुकहरूमा आर्थिक गतिविधिमा सुधार आउन थालेसँगै नेपाल भित्रने रेमिट्यान्स वृद्धि भएको छ । कोभिड १९ का कारण गत आर्थिक वर्षमा फागुन र चैतमा रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट आएको थियो । २०७६ चैतको मासिक रेमिट्यान्स आप्रवाह ३४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत महिनाको रेमिट्यान्स आप्रवाहको तुलनामा यो वर्ष चैतको रेमिट्यान्स आप्रवाह १५२ प्रतिशतले बढेको हो ।
यद्यपि चालु आर्थिक वर्ष २०७७–७८ मा चैत महिनाको मासिक रेमिट्यान्स आप्रवाह ८६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यो रकम असोज महिनापछि मासिक रूपमा आउने रेमिट्यान्समा सबैभन्दा बढी हो ।
रेमिट्यान्स आप्रवाह (रुपैयाँमा)
वैशाख – ५३ अर्ब ९४ करोड
जेठ– ९४ अर्ब २ करोड
असार– १०० अर्ब १६ करोड
साउन– ९२ अर्ब ७१ करोड
भदौ – ७३ अर्ब १ करोड
असोज – ९३ अर्ब १२ करोड
कात्तिक – ७८ अर्ब ८६ करोड
मंसीर – ७९ अर्ब ८ करोड
पुस – ७८ अर्ब ५० करोड
माघ– ७२ अर्ब ३९ करोड
फागुन– ७४ अर्ब ४३ करोड
चैत– ८६ अर्ब ८८ करोड
(स्रोतः नेपाल राष्ट्र बैंक)

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

प्रतिक्रिया