छिट्टै कृषि ऐन ल्याइन्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताएका छन् ।
मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि मल, बीउबिजन, विषादी न्यूनीकरण, यान्त्रिकीकरण, बजारीकरणको व्यवस्थापनमा महत्त्व दिएर कृषकलाई सहुलियत दिने गरी ऐन ल्याउन विज्ञसँग छलफल लिइएको बताए ।
मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा कामप्रतिको लगाव महत्त्वपूर्ण रहने बताए । हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी जाँचसम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचे जस्तो काम हुन नसकेको भन्दै यतातर्फ गम्भीर हुन कर्मचारीलाई उनले निर्देशन दिए ।
कृषि उपजको प्रयोगमा उपेक्षा हुन थालेकामा उनले चिन्ता व्यक्त गरे । तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गरे । कानूनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उनले अरु काम सम्बन्धित कार्यालयको हुने बताए । सबै आआफ्नो काममा लागे मात्रे सोचेजस्तो सफलता हात पर्ने उनको भनाइ थियो । रासस

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

प्रतिक्रिया