रौतहटमा कोभिडले पत्रकार र सञ्चार उद्यमीको मृत्यु
राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग

जनकपुरधाम : प्रदेश २ को रौतहट जिल्लामा एक पत्रकार र एक संचार उद्यमीको कोभिडका कारण मृत्यु भएको छ । जिल्लाको गरुडास्थित रेडियो मधेश मशालाका स्टेशन म्यानेजर पत्रकार मनोज कुमार चौधरी र गौरस्थित रेड टेलिभजनकी सञ्चालिका संचार उद्यमी रमादेवी यादवको कोभिड संक्रमणको कारण उपचारको क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिए ।
उनका अनुसार पत्रकार चौधरीको विरगञ्जस्थित नारायण अस्प्तालमा र संचार उद्यमी रमादेवीको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पत्रकार चौधरी ज्वरो रुघाखोकी लागेपछि पीसीआर चेकजाँच गराउंदा वैशाख १३ गते संक्रमण पुष्टि भई होम आइसोलेशनमा बसेका थिए । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गतेदेखि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधवार साँझ ६ बजेको समयमा मृत्यु भएको अध्यक्ष झाले जानकारी दिए ।
करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार चौधरीको परिवारमा श्रीमति र एक छोरी छन् । कोरोना महामारीका बेलामा गाउँ गाउँमा घुमेर समाचार संकलन गर्दै आइरहेको क्रममा उनी संक्रमित भएका थिए ।
संचार उद्यमी रमादेवीलाई पनि ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि एक हप्ता अगाडि संक्रमण पुष्टि भई गौरस्थित जिल्ला अस्पतालमा उपचार हुँदै आएको थियो । रमादेवी नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष जय प्रकाश यादवका श्रीमति हुन् ।
यसैबीच, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्णले फ्रन्टलाईनरको रुपमा काम गर्दै आएका मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीको परिवारलाई उचित राहत उपलब्ध गराउन प्रदेश सरकारसँग मांग गरेका छन ।
प्रदेश सरकारले पहिलो चरणको कोभिडमा फ्रन्टलाईनरको रुपमा काम गर्ने पत्रकारको मृत्यु भएमा उचित राहत दिने घोषणा गरेको थियो । जसका लागि ५० लाख रुपैया समेत छुट्याएको थियो । सो घोषणा अनुरुप मृतक पत्रकार र संचार उद्यमीलाई राहत उपलब्ध गराई दिन सम्बन्धित आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग मांग अध्यक्ष कर्णले गरेका हुन् ।
प्रदेशमा अझै १६ जना पत्रकार संक्रमित भई होम आइसोलेशन र अस्पतालमा उपचाररत अवस्थामा रहेको जानकारी दिदैं फ्रन्टलाईनरको रुपमा काम गर्ने पत्रकारहरुको पेशागत प्रोत्साहन र सुरक्षाका लागि निःशुल्क उपचारको व्यवस्था र स्वास्थ्य सामाग्री उपलब्ध गराई दिन माग गरिएको छ ।
त्यस्तै मधेशी पत्रकार समाजका प्रदेश अध्यक्षले पनि एक विज्ञप्ति जारी गरी मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीलाई उचित राहत र पत्रकारहरुलाई काम गर्ने वातावरणका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई दिन प्रदेश सरकारसँग मांग गरेका छन् ।
अध्यक्ष रमणले प्रदेश सरकारले राहत र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई दिएको अवस्थामा पत्रकारिता पेशालाई प्रोत्साहित र पत्रकारहरुको मनोबल बढाउने बताएका छन् । दोश्रो लहरको कोभिड महामारीमा प्रदेश २ मा पहिलोपटक पत्रकार र सञ्चारउद्यमीको मृत्यु भएको हो ।

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

विपक्षी दलका विरोधका कारण चौथो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

वीरगञ्जमा खानेपानीको संकट : समस्याको दीर्घकालीन समाधानमा जोड

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

प्रतिक्रिया