आफ्नै जेल जीवनलाई भिडियोमा उतार्दै पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्याे’

काठमाडौँ - नाबालिग बलात्कारको अभियोगमा एक वर्ष जेल बिताएका अभिनेता पल शाहले सोही समयको झल्को दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी पर्यो’ शीर्षकको गीतमा बनेको भिडियोमा विगतका वर्षमा उनले भोगेका सादृश्य क्षणहरू उतारिएको छ । १ वर्षको जेल बसाइपछि अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएको थियो ।
अनु चौधरीको स्वर रहेको गीतको भिडियोमा पल शाह जेल गएको र उनी जेल गएपछि परिवारले गरेको संघर्षलाई स्थान दिइएको छ । त्यसैगरी उनका लागि हरेक धर्म समुदायका मानिसले प्रार्थना गरेको पनि देखाइएको छ । वास्तविक जीवनमा पनि पल शाहको रिहाइका लागि भन्दै माइतीघरमा प्रदर्शन भएको थियो ।
भिडियोमा उनी १ वर्षपछि छुटेको र उनलाई माला र पूजाआजासहित घर भित्र्याइएका दृश्य पनि दुरुस्त राखिएको छ ।
जेल जीवन बिताएर फर्किएपछि मेला महोत्सवमा देखिएका पल शाह भिडियोमा पहिलोपल्ट देखिएका हुन् । भिडियोमा उनले अभिनयसँगै निर्देशन पनि गरेका छन् । यही गीतको पुरुष स्वरलाई पनि पल आफैँले निर्देशन गरेका थिए । गीतको सिर्जना र गायन भने पुष्पन प्रधानले गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया