हत्या आराेपमा एकजना पक्राउ

धादिङ । गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ बस्ने २६ वर्षीय निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा विनोद गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते बिनोदको अम्बे भरोषा अस्पताल गल्छी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया