बिष सेवनबाट सप्तरीमा बालिकाकाे मृत्यु

सप्तरी - विष सेवनबाट एक १३ बर्षिया बालिकाको मृत्यु भएको छ ।
महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
बालिका तिरहुत गाउँपालिका- ४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएकाे हाे ।
मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया