'सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार'

काठमाडौं- बृहत् नागरिक समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । बुधबार नागरिक समाजले काठमाडौंको भद्रकालीमा विरोधसभा गर्दै प्रदर्शन गरेको हो।
आन्दोलनकारीहरुले हातमा विभिन्न भ्रष्टाचारविरोधी सन्देश लेखिएका प्लेकार्ड र नारासहित प्रदर्शन गरेका थिए । प्ले कार्डमा 'नक्कली भुटानी शरणार्थी काण्डमा सक्कली तरिकाले छानबिन होस्', 'भ्रष्टाचारीको दस हात, तिनीहरूलाई नै नेताको साथ', 'भ्रष्टाचारी धपाऔँ, लोकतन्त्र जोगाऔँ', 'सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार'लगायत नारा लेखिएका थिए ।
शिक्षाविद केदारभक्त माथेमा, चिकित्सक डा. गोविन्द केसी र लेखक तथा अभियन्त सन्जीव उप्रेतीले सरकारले यो प्रकरणमा सरकारले निस्पक्ष हुनुपर्ने मन्तव्य दिए ।
विभिन्न पेसामा आबद्ध व्यक्ति सरिक उक्त नागरिक आन्दोलनको सभामा गायक अन्जान बाबुले सांगीतिक प्रस्तुति र कविहरु शिशिर उप्रेती, केशव सिलवाल र अप्सराले कविता वाचन गरेका थिए ।

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

फोटो पत्रकार कविता थापालाई सूचना अभियन्ता पुरस्कार प्रदान

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

प्रतिक्रिया