आईसीसी विश्वकपः इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच उद्घाटन खेल हुने
काठमाडौँ- भारतमा अक्टोबर ५ तारिखबाट सुरु हुने आईसीसीको एकदिवसीय पुरुष विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्ने भएका छन् । उद्घाटन तथा नोभेम्बर १९ मा हुने फाइनल अहमदाबादमा हुने क्रिकबजले जनाएको छ ।
भारतले भने पहिलो खेल अस्ट्रेलियाविरुद्ध चेन्नईमा खेल्ने छ । भारत र पाकिस्तानबीचको खेल भने अक्टोबर १५ मा हुने तालिका रहेको छ ।
विश्वकपमा भने आयोजक भारतसँगै इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान र बंगलादेशले स्थान सुरक्षित गरिसकेका छन् ।
जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने विश्वकप छनोटबाट जिम्बाब्वेसँगै वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स र अमेरिकामध्ये दुई टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया