सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटमा सहमति, मन्त्रीको नाम भने टुंगिएन

धनगढी– सुदूरपश्चिमको सरकार विस्तारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भएको छ । सरकारको भागबन्डा टुङ्गो लगाउन मुख्यमन्त्री कमल शाहसंगै काठमाडौ गएका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले मन्त्री भागबन्डाको टुंगो लागेको बताए ।
सोमबार मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र माओवादी संसदीय दलका नेता खगराज भट्ट शीर्ष नेताहरूलाई भेट्न काठमाडौँ गएका थिए । भौतिक पूर्वाधार विकास मन्त्री देउवा र माओवादीका भट्ट हिजै साँझ धनगढी फर्किएका हुन् ।
मन्त्रीको टुंगो लगाउन काठमाडौँ पुगेका मुख्यमन्त्री शाह मन्त्रीको नाम लिएर फर्किने सम्भावना भने क्षीण रहेको भौतिक मन्त्री शाहले बताए । उनले सरकारमा सहभागी कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने विषयमा भने सहमति भएको बताए । उनले माओवादीलाई दुई मन्त्रीसहित एक राज्यमन्त्री र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको जानकारी दिए ।
मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मुख्यमन्त्रीले सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै शीर्ष नेताहरूबीच सहमति गर्न आग्रह गरेका थिए । देउवा र प्रचण्ड दुवैले अब धेरै ढिला नहुने आश्वासन दिए पनि अहिलेसम्म मुख्यमन्त्रीलाई मन्त्रीहरूको नाम भने दिएका छैनन् ।
मुख्यमन्त्री शाहले शीर्ष नेताहरुलाई भेटेर प्रदेश सरकार विस्तारमा ढिलाई भएकोबारे जानकारी गराउँदै मन्त्रीहरुको नाम दिन आग्रह गरेको बताए । उनले आज साँझसम्ममा मन्त्रीहरुको नाम दिने आश्वासन पाएको बताए ।
माघ २६ गते मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले शपथ ग्रहण गरेका थिए । त्यसपछि सरकार विस्तार हुन सकेको छैन ।
अहिलेसम्म सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया