बैँग्लोरलाई पराजित गर्दै मुम्बई आईपीएलको तेस्रो स्थानमा

काठमाडौँ- मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैँग्लोरमाथि शानदार जित हात पार्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान वान्खेडेमा मंगलबार राति भएको खेलमा बैँग्लोरलाई ६ विकेटले पराजित गर्दै मुम्बईले ११ मध्ये ६ खेलमा जित हात पारेको हो ।
पाँच खेलमा पराजय भोगेको मुम्बईले १२ अंक जोडेको छ । शीर्ष स्थानको गुजरात टाइटन्सको १६ तथा चेन्नई सुपर किंग्सको १३ अंक छ । बैँग्लोर भने १० अंकसहित सातौ स्थानमा छ ।
मंगलबार राति २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा केवल ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईलाई जित दिलाउन सूर्यकुमार यादवले ३५ बलमा सर्वाधिक ८३ रन जोडे । उनले ७ चौका र ६ छक्का हिर्काए । नेहाल वधेराले ५२ तथा इशान किसनले ४२ रन बनाए । बैँग्लोरका वानिन्दु हसरंगा र विजयकुमार भायसकले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैँग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । ग्लेन म्याकवेलले ६८ तथा कप्तान फाफ डु प्लेसिसले ६५ रन जोडे ।
मुम्बईका लागि जासोन बेहरेनड्रोफले सर्वाधिक ३ विकेट हात पारे ।
आईपीएलमा आज चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया