अबदेखि विदेशबाट आउनेले दुई वटा मोबाइल ल्याउन पाउने

काठमाडौँ- अबदेखि वैदेशिक रोजगारमा गएका नेपालीले साथमा दुई वटा मोबाइल ल्याउन पाउन भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले जानकारी दिए ।
यसअघिको व्यवस्थाअनुसार विदेशबाट आएका नेपालीले आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । अबदेखि भने साथमा दुई वटा मोबाइल ल्याउन पाउने भएका छन् ।
विदेशबाट फर्केका नेपालीले ल्याएको मोबाइल विमानस्थलमा जफत हुन थालेपछि सरकारको आलोचना भइरहेको थियो । जनस्तरमा व्यापक गुनासो बढेको थियो ।

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया