अक्सिजनको अभावमा बिरामीको मृत्युपछि रुपन्देहीमा तनाव
विराटनगरबाट एअरलिफ्टमार्फत अक्सिजन ल्याइँदै

बुटवल : अस्पतालमा उपचार्थ बिरामी अक्सिजनको अभावमा मृत्यु भएपछि रुपन्देहीमा तनाव श्रृजना भएको छ । बुधबारमात्रै बुटवल र भैरहवाका अस्पतालका ९ संक्रमितको अक्सिजन सप्लाई रोकिएर मृत्यु भएको छ । जिल्लाका अक्सिजन उधोगले माग थेग्न नसकेपछि पछिल्लो चार दिनदेखि रुपन्देहीमा अक्सिजनको हाहाकार मच्चिएको छ ।
बिरामी र उनका अफन्तको अस्पतालमा रुवाबासी छ । बुटवलको धागो कारखानामा रहेको कोभिड विशेष अस्पतालमा दिउँसो ५ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भयो भने भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा गरि ४ जनाको अक्सिजनकै अभावमा मृत्यु भएको हो ।
कोभिड अस्पतालका डा. नन्दु पाठक उपाय सबै असफल भएको भन्दै मिडियाक्रमीसँग बुधबार रोए । उनले कसैले संवेदशीलता नबुझेको बताए ।
यसैबीच नेपाली सेनाको हेलिकप्टरमा अहिले अक्सिजन सिलिण्डर विराटनगरबाट रुपन्देही ल्याइदै छ । अक्सिजन अभाव नभएको पूर्वीजिल्लाका अक्सिजन प्लाण्टहरूबाट भरिएको सिलिण्डरसहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आइपुगेको छ ।
सैनिक हेलिकप्टरमा आएको अक्सिजन सिलिण्डरलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको पहलमा खाली सिलिन्डर बिराटनगर पठाउनेगरी त्यहाँबाट अक्सिजन भरिएका ४० थान सिलिन्डर अहिले एअरलिफ्ट मार्फत भैरहवा ल्याइएको हो । त्यसका लागि नगरपालिकाका प्रमुख शिवराज सुवेदी अक्सिजन सिलिन्डर लिन भैरहवा विमानस्थल पुगेका छन् । खाली सिलिन्डर रिफिलका लागि फेरि विराटनगर पठाउने तयारी छ ।
विराटनगरवाट भैरहवा आइपुगेको अक्सिजनसहितको सेनाको जहाज ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया