'शीर्ष नेताहरूलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिने'

काठमाडौँ- कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरू घोषणा गरिएको छ । कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रमहरूमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरू र दलका शीर्ष नेताहरूका विरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरूलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ । त्यस्तै वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।
त्यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए । नेताहरूलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरूलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए ।
त्यस्तै, वैशाख २८ गतेदेखि जिल्लाहरूमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ ।
आन्दोलनका अन्य कार्यक्रमहरूमा जेठ २ देखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीब्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

प्रतिक्रिया