कर्णालीका नवनियुक्त ३ मन्त्रीको शपथ भोलि

सुर्खेत : कर्णालीका नवनियुक्त तीन जना मन्त्रीले बिहीबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका मन्त्रीले बिहीबार बिहान ११ बजे सपथ लिने भएका हुन् ।
रुकुम पश्चिमबाट निर्वार्चित सांसद गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित सांसद विन्दमान बिष्ट र सीता नेपालीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिबाट शपथ लिने भएका छन् । मुख्यमन्त्री शाहीले बिष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालय, नेपालीलाई जलश्रोत तथा उर्जा विकास मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।
शाहीले मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गरेतापनि आन्तरिक विवादका कारण मन्त्रीपरिषद् पुर्नगठनको काम रोकिएको थियो । फ्लोर क्रस गरेका तीन जना सांसदलाई बैशाख चार गते नै मन्त्रीमा नियुक्त गरिसकेका छन् । जसअन्र्तगत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा अम्मरबहादुर थापा, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा कुर्मराज शाहीलाई नियुक्त गरेका थिए । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री आफैले लिएका छन् ।
मुख्यमन्त्री शाहीले मन्त्रीपरिषद् पुर्नगठन गर्ने भएपछि मुख्यमन्त्रीसमक्ष आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तिरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राजीनामा पत्र बुझाएका छन् ।

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया