बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

बालिका बलात्कार आराेपमा दुईजना पक्राउ

उदयपुर- १३ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।