सरकार विस्तारको गाँठो फुकाउन सुदूरपश्चिम सरकारको दौडधुप

कैलाली- मुख्यमन्त्री नियुक्ति भएको लामो समयसम्म पनि प्रदेश सरकार विस्तार गर्न नसकेको भन्दै आलोचित खेपिरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकार विस्तारको लागि छलफल गर्न काठमाडौँ पुगेका छन् ।
२६ माघका मुख्यमन्त्रीमा नियुक्त भएका शाह यसअघि पनि पटक-पटक सरकार विस्तारका लागि भन्दै काठमाडौँ धाइरहेका थिए । तर, भागबण्डामा सहमति नहुँदा मुख्यमन्त्री नियुक्त भएको तीन महिनासम्म चार मन्त्रालय मन्त्री बिहीन हुन पुगेको छ ।
मुख्यमन्त्री शाह यो पटक भने मन्त्रीको नाम नै लिएर फर्किने योजना बनाएर आइतबार काठमाडौँ पुगेका छन् । काठमाडौँ पुगेलगत्तै मुख्यमन्त्री शाहले सोमबार बिहानैदेखि सरकार विस्तारको लागि शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मुख्यमन्त्री शाह बिहान बालुवाटार पुगेका छन् । मुख्यमन्त्री शाहसँगै भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवासमेत मन्त्री भागबन्डा मिलाउन काठमाडौँ पुगेका छन् ।
त्यस्तै माओवादीका खगराज भट्ट र समाजवादीका प्रकाश रावलसमेत मुख्यमन्त्री शाहसँगै काठमाडौँ पुगेका छन् ।
माओवादीबाट करिब आधा दर्जन आकांक्षी छन् । सुदूरपश्चिम सरकारमा माओवादीले २ मन्त्रालय पाउने छ । तर माओवादीले तीन वटा मन्त्रालय दाबी गरिरहेको छ । २ मन्त्रालयको लागि माओवादी संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका नेताहरू मन्त्री बन्ने दौडमा छन् । आकांक्षी धेरै भएका कारण माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन । सम्भवत: आजै टुंगो लगाउने गरि मुख्यमन्त्री शाहले प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम नै तोकेर दिन आग्रह गर्ने बताए ।
उता नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीको नाम करिब टुङ्गो लगाइसकेको छ । पहिलो चरणमा संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी मन्त्रीमा नियुक्त गर्ने करिब टुङ्गो लागिसकेको नागरिक उन्मुक्तिका एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । त्यसका अलवा एक राज्य मन्त्री र एक विषयगत समितिको सभापति समेतमा उनीहरूको अडान रहेको छ ।
नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष तथा संघीय सांसद रन्जिता श्रेष्ठको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका सबै सांसदले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूहरूलाई दुई मन्त्रीसहित एक राज्यमन्त्री र एक विषयगत समितिको सभापति दिन आग्रह गरेकी थिइन् । त्यस क्रममा एउटा मात्रै मन्त्रालय दिएको अवस्थामा सरकारमा नजानेसम्मको चेतावनी दिएपछि प्रचण्डले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिलाउन पहल गर्ने प्रतिबद्धता दिएका हुन् ।
प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका १/१ सांसद छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया