हाइब्रिड स्याल

मेघ गर्जन संगै
वर्षा हुनु अघि
हुण्डरी आएर
मडारिएपछि टाउकोमा
खेतैखेत
बारी- बारी
गोठैगोठ
दलान र रछान
केही नहेरी
केही नदेखी
हुइँया मच्चाएर
भाग्दछन् स्यालहरु
मानौं कि ठूलै म्याराथन चलिरहेछ
आजभोलि
स्यालहरु भेटिन्छन्
फरक आकृतिमा
फरक आवरणमा
यिनीहरु
बाख्राका पाठालाई पनि
माया गरेर म्वाई खान खोज्छन्
स्नेहले दूध चुसाउन खोज्छन्
आँसु खसाल्छन्
पाउ पर्छन्
साष्टाङ्ग दण्डवत गर्छन्
मानौं
सभ्य भएका छन्
संस्कारी भएका छन्
र
स्नेही भएका छन्
स्यालको डीएनए फेरिएको छ
या भएको छ उत्परिवर्तन
त्यसैले
उदय भएको छ नयाँ प्रजाति
अनि
डन्डा र झण्डा बोकेर
साकार पार्दैछ
कुबेर बन्ने
वर्षौं अघिका
आदिम सपनाहरु.......
तिलोत्तमा, रुपन्देही
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_cvb0QfB3Jz_mwd68vo8rn0d3ku6dqdiyzlbf6buos94bntbbvgagkzu66zgqfp9f67lbc6u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया