राष्ट्रिय सभाको १४औँ अधिवेशन आजदेखि

काठमाडौँ- राष्ट्रिय सभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठीक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरूलाई स्वागत गरे ।
बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषद्मा पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाए ।
बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभा ५९ सदस्यीय छ । समाजका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको राष्ट्रिय सभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहेको छ ।
अधिवेशन प्रारम्भ भएका अवसरमा बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सांसदले शुभकामनासहित समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया