सांसदहरूको विद्युतीय ई-हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौँ- सभामुख देवराज घिमिरेले सांसदहरूको ई-हाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
ई-हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसद्मा सांसदहरूको उपस्थिति कमजोर भएको बताए ।
यसले सांसद् तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उनले सांसदहरू बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराएका छन् ।
साथै बैठकमा उनले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राखे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया