बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

५४ तोला सुन र ८ केजी चाँदीसहित तीन जना पक्राउ

फाइल फोटो

विराटनगर - कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेका खुलेको छ । 

उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए । तर, उनीहरुलाई प्रहरीले अवैध सुनचाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।