राष्ट्रियसभामा कानुन मन्त्रीले मिटरब्याजसम्बन्धी अध्यादेश पेस गर्ने

काठमाडौं - संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ ।
संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई शंसोधन गर्ने अध्यादेश–२०२८ पेस गर्ने कार्यक्रम रहेको छ ।
साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०/८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया