भरतपुर अस्पतालले भन्यो : संक्रमितले बेड भरियो, अत्याश्यक कामबाहेक बाहिर नजानू

काठमाडौँ : भरतपुर अस्पतालले चितवनमा कोभिड-१९ संक्रमितको संख्या तीव्र रूपमा बढेकाले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कन परेमा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
संक्रमण थप फैलन नदिन स्थानीयले जनस्वास्थ्यको मापदण्ड कडा रूपमा पालना गर्न अस्पतालले सर्वसाधारणलाई अपिल गरेको छ । अति आवश्यक भएमा मात्र अस्पतालले आउन आग्रह गरेको छ । अस्पतालले छुट्याएको बेड भन्दा बढी बेडको प्रयोग गरि संक्रमितको उपचार गरिएको जनाएको छ ।
आइसीयू, एचडीयू, भेन्टिलेटर र उच्च मात्राको अक्सिजन चाहिने संक्रमितले बेड भरिएको र बिरामीहरूको उपचारमा प्रयोग गरिने सामग्रीको अभाव हुँदै गएको पनि अपिलमा उल्लेख गरिएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया