जाँडरक्सी महोत्सव

अनिवार्य गरौँ हामी लगानी अब जाँडमा
नत्र यो देश नै हाम्रो जान के बेर भाँडमा
समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१।
विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित
खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित
सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२।
गाडी चालकले खोजे नपिएर चलाउन
कार्वाही नगरी हुन्न अटेरी तहलाउन
जहाँ यात्री त्यहाँ रक्सी नारा बन्नु पर्यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।३।
पर्यटकहरूलाई भट्टीमा बास चाहियो
चाहिँदैन अरू खाना रक्सी र तास चाहियो
शिसीका साथमा मिस्सी आवश्यक भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।४।
अङ्ग्रेजी गतिलो बोल्दै एक्लै छम्छम नाच्नुछ
पुगेर घरमा आफ्नी पत्नीको ढाड भाँच्नुछ
जाँडरक्सी विना हुन्छ यस्ता कुरा असम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।५।
भुस्याहाले निदाएको बेलामा जल ख्वाउँछ
जाँडको स्वादमा अर्को नयाँ स्वाद चखाउँछ
त्योबेला जत्तिकै प्यारो गल्ली बन्नु पर्यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।६ ।
राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ
जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ
भोजभतेरमा रक्सी अनिवार्य भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।७।
(सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यंग्य कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेकाे कविता)
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_BLAvGFryuk_lwfoohdfk6r6skn6lnggpi4zpr9pqz6bdgzefhkoh1wfgcm65ep4rd4k05cd.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया