आईपीएलः राजस्थानमाथि गुजरातको शानदार जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि शानदार जित हात पारेको छ । शुक्रबार राति जयपुरमा भएको खेलमा गुजरातले राजस्थानलाई ९ विकेटले पराजित गर्यो ।
जितसँगै १० मध्ये ७ खेलमा जित हात पार्दै १४ अंकसहित गुजरात प्लेअफ नजिक पुगेको छ । यता राजस्थानले भने १० खेलमा पाँचौ पराजय भोगेको हो । उसले ५ जितसहित १० अंक जोडेको छ ।
शुक्रबार राति १ सय १९ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा केवल १ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा रिद्धिमान साहाले ४१ रन, शुबमन गिलले ३६ तथा कप्तान हार्दिक पाण्ड्याले ३९ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १८ रनमात्र जोड्न सक्यो । उसका लागि सन्जु सामसनले सर्वाधिक ३० रन बनाए ।
गुजरातका लागि राशिद खानले सर्वाधिक ३ तथा नुर अहमदले २ विकेट हात पारे ।
आईपीएलमा शनिबार दुई खेल हुने तालिका रहेको छ । पहिलो खेल चेन्नई सुपर किंग्स तथा मुम्बई इन्डियन्सबीच हुनेछ । दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया