हास्यव्यंग्य कविता ‘जाँडरक्सी महोत्सव‘ प्रथम

मकवानपुर- 'जाँडरक्सी महोत्सव' हास्यव्यंग्य कविता प्रथम भएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यंग्य कविता प्रतियोगितामा उक्त कविता प्रथम भएको हो ।
हेटौंडामा आयोजित कार्यक्रममा भक्तपुरका डिल्लिप्रसाद मुलतिहुनको कविता जाँडरक्सी महोत्सव पहिलो हुँदा मकवानपुरका कवि प्रभास घिमिरेको कविता बाँदर द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता फलानो तेस्रो स्थान प्राप्त गर्यो।
यस्तै कास्कीका कवि संयोग बस्यालको हामी तथा कमल घिमिरेको 'नेताज्यूलाई स्वागत छ' कविताहरू सान्त्वना स्थान प्राप्त गर्यो । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना भएका २ जनाका लागि ३ हजार राशिको पुरस्कार प्रदान गरिएको छ
।
देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचन गराइएको थियो । जसमध्ये ५ जना कविहरू अनुपस्थित रहेका थिए । विषयवस्तु लेखन, हास्यव्यंग्यको प्रयोग तथा वाचन लगायतका विविध विधालाई आधार मानी गरिएको मूल्याङ्कनमा १०० पूर्णाङ्कलाई आधार मानिएको थियो ।
कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलसमेतको उपस्थिति थियो ।
अध्यक्ष सिग्देलले स्थानीय सरकारले बाटोघाटो, स्लाब ढलान, भवन निर्माण मात्र नभई साहित्य सिर्जना, कला, भाषा, शिक्षा आदिको विकासमा जोड दिन सुरु गरेको बताए ।
कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले हास्यव्यंग्य विधा समाजको ऐनाका रूपमा विकास हुनुपर्ने तथा यस्ता प्रतियोगिताहरूले हास्यव्यंग्य लेखनमा हौसला पुग्ने बताए ।
कार्यक्रममा मकवानपुरका सर्जकहरूको तर्फबाट सर्जक सञ्जालका संयोजक निमेष निखिल तथा आँचल साहित्य कलाकी अध्यक्ष भावना सापकोटाले सम्पूर्ण साहित्यकारहरूको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालको जिल्ला शाखा मकवानपुर हास्यव्यंग्य सिर्जना, बहस, वाचन तथा प्रतियोगितामार्फत सक्रिय छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_BLAvGFryuk_lwfoohdfk6r6skn6lnggpi4zpr9pqz6bdgzefhkoh1wfgcm65ep4rd4k05cd.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया