बाटाेमा खाल्डाखुल्डी देख्नुभाे, मेयरलाई फाेन गर्नुस् तुरुन्तै बन्छ

कैलाली । तपाइँको घर अगाडिको बाटो होस् अथवा अरु कुनै बाटाहरू, खाल्डाखुल्डी परेर हिँडडुल गर्न अफ्ट्यारो भयो । अब चिन्ता लिनु पर्दैन, धनगढी उपमहानगरपालिकामा जानकारी गराएको केही समयमै उक्त बाटाहरू मर्मत हुने छन ।
हो, धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडाहरूमा अबदेखि बिग्रेका र खाल्डाखुल्डी परेका बाटाहरू जनगुनासो आउने बित्तिकै मर्मत गर्दै आइरहेको छ ।
यस्तै जनगुनासाहरू समाधान गर्नका लागि संयुक्त विकास राष्ट्र कार्यक्रम (युएनडिपी) को सहयोगमा धनगढी उपमहानगरपालिकाले जनगुनासो सुन्ने र तुरुन्तै समाधान गर्ने उद्देश्यले "हाम्रो धनगढी, हामी बनाउँछौ" भन्ने मुख्य नारा दिएर हेलो मेयर कार्यक्रम संचालनमा ल्याएको छ ।
हेलो मेयरमा टिपाइएका जनगुनासाहरूलाई उपमहानगरपालिकाले तुरुन्तै कार्यान्वयन गर्नेगरी संयन्त्र तयार पारेको उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए । उनले समस्या आउने बित्तिकै जनशक्ति पठाएर समस्याको बारेमा बुझ्ने र तुरुन्तै गर्न मिल्ने काम हो भनेसोही दिन नै उक्त काम सकिने गरि निर्देशन भएको बताए ।
जनगुनासो टिपाउनका लागि हेलो मेयरको ह्वाट्सप नम्बर, फेसबुक पेज, इस्ट्राग्राम, टुइटरका साथै मेयरको सचिवालयमा समेत जानकारी गराउन सकिने मेयर हमालले बताए ।
धनगढी उपमहनगरपालिका भित्र भइ रहेका बिकास निर्माणका कार्य एवं उपमहानगरपालिकाले दिने सुविधा सम्बन्धी कुनै पनि गुनासो भएमा धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर जनगुनासो व्यवस्थापन कक्षको ह्वाट्सप नम्बर ९७६२४७९३९२ र सचिवालयको ह्वाट्सप नम्बर ९८५८४८८८९५ मा टिपाउन सकिने मेयर हमालले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया