आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित बानेश्वरबाट पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।​

बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।