संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका भविनको मृत्यु

काठमाडौं– संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रुङमा भएको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा ल्याउँदै गर्दा ५० वर्षीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र गोदारले इकागजलाई जानकारी दिए ।
सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र हेलिकप्टरमै सवार भविन गुरुङ गम्भीर घाइते थिए ।
हेलिकप्टरमा रहेका छिरिङ भोटे भने हामफाल्ने क्रममा घाइते भएको जनाइएको छ । भोटे सिम्रिक एयरकै स्थानीय कर्मचारी रहेको जनाइएको छ ।
त्यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेर जाने क्रममा साढे १ बजे हेलिकप्टर दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vfzzrn4krE_khgyjs9gwgq5yqpsx25pphbqvlqe46hotqpxywetwh21ui64day21vdga0b0.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया