विश्वकपअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकाको भ्रमण गर्ने

काठमाडौँ- भारतमा हुने आईसीसीको एकदिवसीय क्रिकेट विश्वकपअघि अस्ट्रेलियाले एकदिवसीय सिरिजका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच पाँच खेलको एकदिवसीय सिरिज हुने आईसीसीले जनाएको छ ।
दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच सेप्टेम्बर ७, ९, १२, १५ र १७ तारिखमा खेल हुने तालिका रहेको छ ।
भारतले अक्टोबर-नोभेम्बरमा एकदिवसीय विश्वकप आयोजना गर्दैछ । त्यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच सिरिज हुन लागेको हो ।
एकदिवसीय सिरिजअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको टी-ट्वान्टी सिरिज समेत खेल्दैछ । टी-ट्वान्टी सिरिज अगस्ट ३०, सेप्टेम्बर १ र ३ तारिखमा हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया