आईपीएलः कलकताको चौँथो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कलकता नाइट राइडर्सले चौँथो जित हात पारेको छ । बिहीबार राति हैदराबादमा भएको खेलमा कलकताले सनराजर्स हैदराबादलाई ५ रनले पराजित गर्दै कलकताले १० खेलमा चौथो जित हात पारेको हो ।
६ खेलमा पराजय भोगेको कलकताले जम्मा ८ अंक जोडेको छ । यता हैदराबादको भने ९ खेलमा यो छैटौ पराजय हो । उसले ३ खेलमा जित हात पार्दै ६ अंकमात्र जोडेको छ ।
बिहीबार राति १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान ऐडेन मार्करामले ४१ रन तथा हेनरिच क्लासेनले ३६ रन बनाए । कलकताका लागि वैभव अरोरा र शार्दुल ठाकुरले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कलकताले ९ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । कलकताका लागि रिंकु सिंहले सर्वाधिक ४६ तथा कप्तान नितिस राणाले ४२ रनको योगदान गरे ।
हैदराबादका लागि मार्को जानसेन र टी नटराजनले २-२ विकेट लिए ।
आईपीएलमा आज राजस्थान रोयल्सले गुजरात टाइटन्सको सामना गर्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया