भारतीय मिडिया भन्छ : दिल्ली पछि हट्नुपर्छ, नेपालमा वैकल्पिक सरकार आवश्यक

काठमाडौँ : भारतीय सञ्चारमाध्यमले नेपालले वैकल्पिक र स्थिर सरकार निर्माणमा जोड दिनुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछिको घटनालाई त्यहाँका दैनिक अखबारहरूले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
भारतीय राष्ट्रिय दैनिक दी हिन्दूले प्रकाशित गरेको सम्पादकीयमा नेपालको राजनीति वैकल्पिक र स्थिर सरकार निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख छ । कोभिड-१९ को आक्रमणबाट थलिएको नेपालले स्थिर सरकार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख छ ।
भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले सम्पादकीयमै भारतको सहायता, जसपाबीचको मतभेद र कांग्रेस सभापति शेरबहादुर देउवाको उदासिनताले केपी शर्मा ओली अझै सत्तामा रहने आकलन गरेको छ ।
ओली अल्पसंख्यकका लागि पक्षपाती, आन्तरिक राजनीतिमा निरंकुश र कोभिड व्यवस्थापनमा गैर जिम्मेवार रहेको सम्पादकीयको ठहर छ । नेपालको राजनीतिमा नयाँ सरकार गठनका लागि दिल्ली सरकार पछि हट्नुपर्ने उसको निष्कर्ष छ । उसले भारतीय सरकारलाई छिमेकी देशको राजनीतिमा हस्तक्षेप नगर्न र सक्दो सहयोग गर्न अपील गरेको छ ।

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

सरकारले सदनलाई निकै हेप्यो : माओवादी प्रमुख सचेतक पाण्डे

संसद् बैठकबाट बाहिरिएपछि रास्वपाले भन्यो- बोल्न नदिइएपछि बहिस्कार गर्यौँ

प्रतिक्रिया