मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना र रात्रिकालीन बजार सुरक्षाबारे छलफल

बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका बीचमा भेटवार्ता भएको छ ।
बुटवल उपमहानगरपालिकाको कार्यालयमा बिहीबार भएको भेटवार्तामा बुटवल क्षेत्रको सुरक्षा व्यवस्था, रात्रिकालीन बजार सञ्चालन, अपराध न्यूनीकरणलगायतका विषयमा छलफल भएको छ ।
नगर प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना, रात्रिकालीन बजार सञ्चालनमा समन्वय र प्रहरी पोष्ट स्थापना, अपराध न्यूनीकरणमा तदारुकता देखाउनका लागि प्रहरी प्रमुख कुँवरलाई आग्रह गरे । उनले बुटवल क्षेत्रमा लागू पदार्थ दुर्व्यसन, अपराधका घटना न्यूनीकरणमा प्रहरी संगठनले थप सक्रियता देखाउन जरुरी रहेको बताए ।
नगर प्रमुख पाण्डेयले बुटवलको अमरपथ, कालिकापथमा रात्रिकालीन बजार सञ्चालनका क्रममा सुरक्षा व्यवस्थापनजस्ता विषयमा प्रहरी संगठनले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
भेटका क्रममा प्रहरी महानिरीक्षक कुँवरले औद्योगिक क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने विश्वास दिलाए । उनले रात्रिकालीन बजार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र बुटवललाई अपराधमुक्त र शान्तिपूर्ण शहर बनाउनका लागि प्रहरी संगठनले सहयोग गर्ने बताए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया