कार्यालय समयमा काठमाडौँ महानगरका प्रहरी तास खेल्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा फेला परेका छन् । बुधबार कार्यालय समयमा उनीहरू टेकुस्थित कार्यालयमा तास खेल्दै गरेकाे अवस्थामा फेला परेका हुन् ।
महानगरका दुई नगर प्रहरी र एक जना भने बाहिर कम्पनीबाट करारमा ल्याइएका नगर प्रहरी रहेका छन् । महानगरका प्रहरीलाई निलम्बन गरी कारबाही गरिने र बाहिर कम्पनीका प्रहरीलाई फिर्ता पठाइने महानगर स्रोतले इकागजलाई जानकारी दिएको छ ।
तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन् । बानियाँ भने कम्पनीबाट करारमार्फत नगर प्रहरीमा आएका हुन् ।
यसअघि हवल्दार घिमिरे उपमेयर सुनिता डंगोलसँगै सुरक्षाकर्मीका रूपमा हिँड्ने गर्थे ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया