बाँकेमा एकै रात ९ जना संक्रमितको मृत्यु

बुटवल : बाँकेमा एकै रात थप ९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । जिल्लाका दुई ठूला भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा सल्यानका बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा आज बिहान ८:३० बजे निधन भएको छ । त्यस्तै भेरी अस्पतालमै बाँकेका ४९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८:३० बजे मृत्यु भएको छ ।
सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको हो । बाँकेको मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पनि भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार कैलाली घोडाघोडि १ का ६० वर्षीय पुरुषको आज बिहान ४:४५ बजे मृत्यु भएको हो । अर्का बाँके कोहलपुरका ३० वर्षीया महिलाको हिजो साझ ९:३० बजे मृत्यु भएको छ ।
त्यस्तै, बाँकेकै ४५ वर्षीया महिलाको पनि कोभिड संक्रमणबाट मध्यराति १:३० बजे मृत्यु भएको छ । बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा मृत्यु भएको छ । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका २०० जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O4COrM86JL_yp2juelbeswemzluuysda0dazq9zdbreohxs8oxalfvocpeatmznxzxpjugn.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया