भारतीय विदेश सचिव आउनु अघि प्रधानसेनापति थापा र भारतीय राजदूतबीच भेट

काठमाडौं : भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्दै दुई मुलुकबीचको सम्वन्धबारे समिक्षा गरेका छन् । उनीहरूबीच बुधबार जंगी अड्डामा भेट भएको हो । भेटवार्तामा दुई मुलुकबीचको सुरक्षादेखि अन्य समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेले नेपालको भ्रमण गरेपछि प्रधानसेनापति थापा र राजदुत क्वात्राबीच यो पहिलो भेट हो । यो भेटमा भ्रमणको समयमा भएका सहकार्यका विषयमा समीक्षा भएको थियो । दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषय र सहयोगका क्षेत्रबारेमा छलफल भएको हो । यस प्रकारको नियमित भेट र वार्ताले दुई मुलुकबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।
सत्तारुढ दलभित्र किचलो चलिरहँदा उनीहरू जंगी अड्डामा भेटवार्ता गरिरहेका थिए । यद्यपी सेनापतिसँगको भेट पहिले नै तय थियो । नेपाल र भारतबीचको सीमा विवाद टुंगो लगाउन चाँडै औचापरिक बैठक हुने भनिएको अवस्थामा यो भेट भएको छ । सुरक्षा संयन्त्रबाट धेरै विषय फुक्दै गएको अवस्थमा सेनाले सहकार्य थप बढाउन सक्नेछ ।
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणसमेत हुने भनिएको समयमा राजदूतले सेनाप्रमुखलाई भेटेका हुन् । नेपाल र भारतबीच दुईपक्षीय भइरहँदा भारतीय राजदूतले प्रधानसेनापति थापालाई भेट्नु अर्थपूर्ण छ ।
यसैबीच मंगलबार साँझ चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको चर्चा सेलाउन नपाउँदै अर्का छिमेकी राजदूतले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया