इमरजेन्सीमा बेड कुर्दाकुर्दै एकै रातमा ५ जनाले गुमाए ज्यान
बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । आज रातभरमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमरजेन्सी वार्डमा बसेर आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो । एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा मंगलबार इमरजेन्सीमा आएका तानसेन १४ का ३८ वर्षीय पुरुष रहेका छन् उनको मंगरबार राति ११ बजे मृत्यु भएको थियो । त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६:३५ बजे, बैशाख २६ गते देखि इमरजेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको थियो ।
मंगलबार नै लुम्बिनी प्रादेशि अस्पतालको इमरजेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७:५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५:५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।
मंगलबार नै सिकिस्त अवस्थामा इमरजेन्सीमा ल्याइएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याए लगत्तै मंगरबार राती ७ बजे मृत्यु भएको उनले बताए ।
डा. गौतमका अनुसार मृतकहरु मध्य ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एडीयू बेड कुरेर इमरजेन्सी वार्डमा बसिरहेका थिए । विशेष अस्पतालमा बेड खालि नभएपछि उनीहरुको इमरजेन्सीमै ज्यान गएको थियो । ‘अक्सिजन नभई नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था आयो,’ डा. गौतमले भने, ‘संक्रमितको अवस्था र गम्भीर्यता हेरेर प्रतिक्षा सुचिमा राख्ने गराका छौं ।’ रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया