नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया ईच्छुक

काठमाडाैँ - राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बीचको शान्ति प्रकृयाका अनुभवहरू आदनप्रदान गर्ने बिषयमा छलफलसमेत भएको छ।
अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्वपूर्ण गन्तव्य रहेकाे उनकाे भनाई थियाे ।
'गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ' उनले भने ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिकाे सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुबै जनाको थियो। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षीय सम्बन्ध विस्तारमा पनि जोड दिइएको छ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया