भीमफेदी कारागारमा कैदीबन्दीले उत्पादन गरेका सात ट्रक मुढा चीन निर्यात

मकवानपुर- भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चीनतर्फ निर्यात हुन थालेको छ ।
गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो ।
भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार ४ लाख ४० हजार मुल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ निर्यात भएको हो ।
‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरूले मन पराएपछि यहाँ उत्पादन हुने मुढाहरू निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने ।
भीमफेदीका एक हजारमध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट बढी माग आएको व्यापारीहरूले जानकारी दिएका छन् ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया