लिसंखु पाखरमा सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

काठमाडौँ- सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले आप्नो पालिकामा सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ । गाउँ शिक्षा समितिको निर्णयअनुसार सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई ७ दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ ।
सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुऱ्याउने उद्देश्यले गाउँ शिक्षा समितिको बैशाख १७ गतेको बैठकबाट गाउँपालिकामा सार्वजनिक पदधारण गरेका जनप्रतिनिधि, बहालवाला शिक्षक, कर्मचारी, वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारीहरूका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउन निर्णयसहितको सिफारिस भई आएको पालिका अध्यक्ष राजु लामाले जानकारी दिए ।
बैशाख १८ गते गाउँ कार्यपालिकाबाट गाउँ शिक्षा समितिको सिफारिस अनुसार सार्वजनिक पदधारण गरेका सबैको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय भएकाले सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको लामाले बताए ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया