धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते
सबैला तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा एक राउण्ड हवाई फायर

जनकपुरधाम- टिपरको ठक्करबाट एक बालकको मृत्यु भएकाे छ भने एक बालिका घाइते भएकी छिन् । उक्त घटनापछि धनुषाको सबैला नगरपालिका तनावग्रस्त भएको छ ।
जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१२ रघुनाथपुर सिर्काटोलस्थित पोखरी नजिक प्रदेश–२–०३–००१ क. १६२१ नम्बरको ग्राभेल लोड गरेकाे टिपरले ठक्कर दिँदा सोही ठाउँ बस्ने धिरेन्द्रकुमार दनुवारका ७ वर्षीय छोरा रियान्सकुमार दनुवारको मृत्यु भएकाे हाे । भने, विरेन्द्र दनुवारकी ५ वर्षीया छोरी राधी्कुमारी दनुवार गम्भीर घाइते भएकी हुन् ।
घटनापछि स्थानीयवासी विरोध प्रदर्शनमा उत्रिएका छन् । बरमझियाबाट रघुनाथपुरतर्फ जाँदै गरेको तीव्र गतिको उक्त टिपर अनियन्त्रित भई दुवै बालबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
घटनास्थलमा २ सयको संख्यामा उपस्थित स्थानीवासीले बाटो अवरुद्ध गरी चक्काजाम गरेका थिए । सोही क्रममा स्थानीय र प्रहरीबीच केही चर्काचर्कीसमेत भएको थियो । आक्रोशित स्थानीयले टिपरमाथि तोडफोड समेत गरेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायरसमेत गरेकाे छ । अहिले सो क्षेत्रको अवस्था तनावग्रस्त नै रहेको छ ।
स्थानीयले बोतलमा पेट्रोल राखी प्रहरीमाथि प्रहार गरेकाले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् । ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार दिउँसो विद्यालयमा छुट्टि भएपछि घर फर्किरहेका दुवै जनालाई तीव्र गतिमा रहेको सो टिपरले ठक्कर दिएको थियो ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया