रूसको विद्यालयमा भएको आक्रमणमा बालबालिकासहित ११ को मृत्यु

काजान : रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो ।
“पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ,” आपतकालीन सेवा हेर्ने रूसी संस्थाका प्रवक्ताले बताए । विद्यालयको परिसरमा भएको आक्रमणबारे छानबिन सुरू भइसकेको र थप जानकारी छानबिनपछि आउने उनले बताए । (रासस)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया