पहिरोले थुनिएको ८ घण्टापछि अरुण नदी ओभरफलो भएर बग्न थाल्यो

काठमाण्डौ – सुक्खा पहिरोले थुनिएको अरुण नदीको पानी ओभरफलो भएर बग्न थालेको छ ।
निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।
पहिरोले नदी थुनिएपछि पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको थियो । अरुण तेस्रो जलविद्युत् निर्माणस्थल सङ्खुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर बिहानदेखि नदी थुनिएको थियो । अहिले पानी बगन थालेपछि जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीकाअनुसार विहान पौने ६ बजे आएको पहिरोले नदी थुनिएको थियो । ‘ओभरफलो पौने दुई बजे भएको हो,’ कार्कीले इकागजसँग कुरा गर्दे भने, ‘करिब आठ घण्टा खुला थुनियो ।’ उनले खोलो थुनिँदा स्थानीयवाुी त्रसित रहे पनि सुरक्षित स्थानमा राखिएको बताए ।
थुनिएको ड्यामको उचाई २६ मिटर रहेको छ । उनले करिब २७ मिटरबाट ओभरफलो भएर पानी बगेको हुनसक्ने बताए।
“टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो”, उनले भने । अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया