बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कमलामाई नगरपालिकास्थित विपी राजमार्गमा भएको दुर्घटनामा एक घाइते छन् ।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार मृत्यु हुनेमा कार चालक झापाका कुमार पुरी र काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया सहारा प्रसाई रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते प्यूठानको प्यूठान नगरपालिका–८ का योगेन्द्र थापालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
कार सडकबाट २० मिटर तल खसेको थियो।