सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

एसीसी प्रिमियर कपः कुवेतले ओमानलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भइरहेको खेलमा कुवेतले ओमानसामू १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १३० रनमात्र बनाउन सक्यो । कुवेतका लागि अदनान इदरिसले सर्वाधिक ३४ रन बनाए । सयद मोनिवले २८ रन तथा यासिन पटेलले १७ रन जोडे ।

ओमानका लागि जय ओडेड्राले ५ विकेट, विलाल खानले २ विकेट तथा जतिन्दर सिंह, आयान खान र जिसन मक्सुदले १-१ विकेट हात पारे ।