नेपाल भर्सेस यूएईः वर्षाले खेल प्रभावित भए नेपाल विजेता बन्ने निश्चित

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेबाट सुरु हुने तालिका रहेको छ ।
तर कम्तिमा पनि मंगलबारसम्म काठमाडौमा वर्षा हुने पूर्वानुमान गरिएको छ । प्रतियोगिताको फाइनलका लागि मंगलबारलाई ‘रिजर्भ डे’ को रुपमा राखिएको छ । यदि वर्षाका कारण सोमबार खेल हुन नसके मंगलबार खेलाइने तालिका छ ।
तर मंगलबार पनि वर्षाले खेल प्रभावित बने सुपर ओभर खेलाइनेछ । पहिलो सुपर ओभरमा पनि नतिजा नआए दोस्रो सुपर ओभर खेलाइने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
यदि दोस्रो सुपर ओभरबाट पनि विजेताको टुंगो नलागे प्रतियोगिताको वरीयतामा शीर्ष स्थान ओगट्ने टोली विजेता घोषित हुने पनि क्यानले उल्लेख गरेको छ ।
समूह चरणमा भने नेपालले खेलेका चारमध्ये ३ खेलमा जित हात पार्दा एक खेलमा अंक बाँडेको थियो र सेमिफाइनलमा समूह विजेताको रुपमा पुगेको थियो । समूह चरणमा नेपाल अपराजित रहेको थियो । वर्षाका कारण खेल हुने नसकेपछि कुवेतविरुद्धको सेमिफाइनलमा पनि नेपालले सोही आधारमा जितेको थियो ।
अर्कोतर्फ यूएईले भने समूह चरणमा एक खेलमा पराजय भोगेको थियो । उसले भने डिएल मेथडबाट ओमानलाई पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो ।
अहिलेको अवस्थामा नेपाल प्रतियोगिताको वरीयतामा शीर्ष स्थानमा छ र एसिया कपका लागि छनोट हुने स्थानमा छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया