आईपीएलः हैदराबादको तेस्रो जित, दिल्ली फेरि हार्यो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले तेस्रो जित हात पारेको छ । शनिबार राति दिल्लीमा भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले पराजित गर्दै ८ खेलमा तेस्रो जित हात पारेको हो । दिल्लीको भने यो छैटौ पराजय हो ।
शनिबार राति १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रनमात्र जोड्न सक्यो । दिल्लीका लागि मिचेल मार्सले ६३ रन तथा फिल साल्टले ५९ रन बनाए । हैदराबादका मयंक मारकान्डेले सर्वाधिक २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको क्षतिमा १ सय ९७ रन बनायो । हैदराबादका लागि अविशेक शर्माले सर्वाधिक ६७ रन तथा हेनरिच क्लासेनले ५३ रनको योगदान गरे । दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक ४ विकेट लिए ।
शनिबार नै गुजरात टाइटन्सले कलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै १२ अंकसहित शीर्ष स्थानमा उक्लियो ।
आज चेन्नई सुपर किंग्सले पञ्जाब किंग्स तथा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सको सामना गर्ने भएका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया