पाँचखाल नगरपालिकाले विपन्न नागरिकलाई १० हजार उपचार खर्च दिने

बनेपा : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले कोरोना सङ्क्रमित विपन्न व्यक्तिलाई उपचार खर्च वापत दश हजार रुपैयाँ दिने भएको छ । नगरपालिका प्रमुख महेश खरेलले आज सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोभिड १९ फैलदै गएकोले कोरोना सङ्क्रमित उपचाररत अति विपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले दश हजार रपैयाँ उपलब्ध गराउने निर्णय भएको बताए ।
यसअघि नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड-१९ का बिरामी बोक्न नसक्ने देखिएपछि सो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने सुविधाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ । रासस

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

प्रतिक्रिया