मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

मकवानपुर - पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो पौडी खेल्न जाने क्रममा पोखरीमा डुबेकी बलिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवन पठाएको र बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया