रोहित-कुशलको अर्धशतकमा नेपालले दियो कुवेतलाई २८१ रनको विशाल लक्ष्य

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । डिएल मेथठअनुसार कुवेतले सो लक्ष्य पाएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रनको योगफल तयार पार्यो । वर्षाका कारण खेल प्रभावित बनेपछि ओभर घटाइएको थियो ।
नेपालका लागि विशाल योगफल तयार पार्दा कप्तान रोहित पौडेलले ९४ रन बनाए । शतक बनाउन ६ रन हुँदा आउट भएका रोहितले ७ चौक र ३ छक्का हिर्काए ।
कुशल मल्लले ४४ बलमा ५७ रन बनाउँदा समान ४ चौका र ४ छक्का हिर्काए । कुशल भुर्तेलले ४३ रन, आशिफ शेखले ३१ रन तथा आरिफ शेखले १९ रन जोडे ।
कुवेतका लागि मोहम्मद अस्लम र अदनान इदरिसले ३-३ विकेट लिए । यासिन पटेल र सयद मोनिवले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया